बन्दी प्रत्यक्षीकरणको आदेश

नेपालगञ्ज – उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले सर्वोच्च अदालतको फूलकोर्टको निर्णय अनुसार बाँके कारागारका नौ जनालाई बाँकी कैदवापतको रकम लिएर छोड्न आदेश गरेको छ ।
सर्वोच्चको चैत्र ७ गतेको निर्णय विपरित बाँके जिल्ला अदालतले चैत्र २६ गते दश जनालाई बन्दीलाई छोड्न नमिल्ने आदेश गरेपछि एक दर्जन कानून व्यवसायीले नौ जनाको तर्फबाट (एकजना पटकेलाई छोडेर) उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । सोही निवेदन उपर आज उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजसालले बन्दीप्रत्यक्षीकरणको आदेश गरेको अधिवक्ता ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
सर्वोच्चले एक वर्षसम्म कैद तोकिएका कैदीले कैद वापतको रकम दिई कैद मुक्तका लागि निवेदन परेमा छाडिदिने निर्णय गरेको थियो । कैदीबाट दिनको तीन सयको दरले रकम असुल्न भनिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !