हिल्सलाई दुई लाख जरिवाना, कमलालाई सेनिटाइजर बेच्न रोक

नेपालगञ्ज – नेपालगञ्जस्थित हिल्स मेडि सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ ।
संयक्त बजार अनुगमन टोलीले सप्लायर्सले कानूनले तोके भन्दा बढी मुनाफा लिई ह्राण्डवास स्यानीटाइजर बेचेको फेला पारेपछि दुई लाख रुपैया जरिवाना गराएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
बजार अनुगमन टोलीले उक्त सप्लायसलाई खरिद मूल्यमा अधिकतम बीस प्रतिशत भन्दा बढी मुनाफा नलिन, लेवलमा पुरा विवरण नभएको र केरमेट सामान बिक्री नगर्न निर्देशन दिएको जनाएको छ । सप्लाई वन्ली लेखिएको सेनिटाइजर बढी मूल्यमा बिक्री गरेको पाइएकोले दुई लाख रुपैया जरिवाना भएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्याल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बसन्त गौतम, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ह्रदेश सापकोटा, प्रनानी मणिराम लामिछाने, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, औषधी ब्यवस्था बिभागका लोकेश गिरी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका गणेश कार्की लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, कमला मेडिसिनलाई सप्लाई वन्ली लेखिएको सेनिटाइजर अर्को आदेश नभए सम्मको लागि बिक्री नगर्न निर्देशन दिएको दिइएको छ । उपभोक्तालाई सोझै बिक्री बितरण गर्न नपाउने ह्राण्डवास सेनिटाइजर बिक्री गरेको भन्ने उजुरीका आधारमा अनुगमन भएकोमा बाँकी रहेका सेनिटाइजर बिक्री बितरण नगर्न आदेश दिदै बुुझ्ने कार्य भइरहेको अनुगमन टोलीले जनाएको छ ।
बजार अनुगमन टोलीले नेपालगञ्जको टाँगा स्टेशनस्थित एक पसलेलाई चना बिक्रीमा अनुचित मुनाफा लिएको आरोपमा पाँच हजार जरिवाना गराइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !