कर्मचारीले दिए सात दिनको तलव

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीहरुले आप्mनो पारिश्रमिक कोषमा सहयोग गरेका छन् ।
कोरोना संक्रमणविरुद्ध स्थापित प्रकोप व्यवस्थापन कोषमा कर्मचारीहरुले ३ देखि ७ दिनसम्मको पारिश्रमिक सहयोग गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालका अनुसार, उपमहानगरपालिकामा कार्यरत सहसचिव र उपसचिव तहका कर्मचारीले ७ दिन, अधिकृत तहले ५ दिन र अधिकृत भन्दा मुनीका कर्मचारीले ३ दिनको पारिश्रमिक सहयोग गरेका छन् ।
उपमहानगरपालिकाले स्थापना गरेको कोषमा कर्मचारीले पारिश्रमिक सात लाख ७० हजार रुपैया जम्मा भएको छ ।
कोषमा जम्मा गर्नका लागि शुक्रबार डिके फुड एण्ड मिट प्रोडक्टका सञ्चालक दिलिपकुमार सोनकरले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणालाई ५१ हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभयो । कोषमा हालसम्म राप्ती गणेश कन्स्ट्रक्सनले एक लाख एक हजार, विजय मेटल इण्डष्ट्रिजले ५१ हजार, चम्पालाल बोथ्रा र प्रदीप छाछेडले ५१ हजार र बागेश्वरी असल शासन क्लवले १० हजार सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले कोषमा ३५ लाख जम्मा गरेको छ । कोषमा विभिन्न संघ संस्था र ब्यक्तिहरुले खाद्यान्न सहयोग समेत गरेको बरिष्ठ आलेप अधिकृत अर्यालले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !