रिपोर्ट नेगेटिभ, गए घर

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ को नेरा माध्यमिक बिद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका १० जनाको रिपोर्ट नेगेटिभ आएपछि घर गएका छन् ।
स्वास्थ्यकर्मीले बुधबार उनीहरुको आरडीटी किटबाट कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ र ७ लाई समेट्ने गरि उक्त बिद्यालयमा क्वारेन्टाइन स्थापना गरिएको थियो । त्यहाँ भारतबाट आएका ९ जना र गाउँमै रहेका १ जना बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि उनीहरुको आरडीटी किटबाट जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि घरमा सुरक्षा सावधानी अपनाएर बस्न भन्दै पठाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !