कमला मेडिसिनमा छापा

नेपालगञ्ज – नेपालगञ्जको कमला मेडिसिन डिष्ट्रिब्यूटर्समा प्रहरीले छापा मारेको छ । बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली आफै उपस्थित भएर डिष्ट्रिब्यूटर्स छापा मारेका हुन् ।
प्रहरीले कमला मेडिसिनका बारेमा विभिन्न गुनासोहरु आएपछि छापा मारेको जनाएको छ । थर्मल गनलाई महंगोमा बेचेको आरोप लगाइएको छ । त्यस्तै, ‘नट फर सेल’ लेखेको औषधी बेचेको आरोप लागेको छ । माक्स, सेटिनाइजर बिक्रीमा पनि प्रश्न उठाइएको छ ।
एसपी ओलीले कमला मेडिसिनमा छापा मारेको बताउदै बजारमा आएका कुराहरुको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । ‘बाहिर आएका कुराहरुको वास्तविकता के हुन् भनेर हामीले कमला मेडिसिनमा गएर हेरेका छौं, बुझ्दै छौं, एसपी ओलीले भन्नुभयो ।
यसैबीच, लकडाउनको मौका छोपेर खाद्यान्न बस्तुमा हुन सक्ने कालोबजारी प्रति अधिकारीहरुले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकृत शरद पौडेलका अनुसार, खाद्यान्न पसलहरुको नियमित अनुगमन गरिएको छ ।
लकडाउन भएपनि स्थानीय प्रशासनले खाद्यान्न पसल सञ्चालनमा छुट दिएको छ । सामाजिक दुरी कायम गरी अत्यावश्यक बस्तु खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । लकडाउनको मौका छोपेर खाद्यान्न बस्तुमा कालोबजारी हुन नदिन नेपालगञ्ज उपमहानगरपालिकालगायत सम्बद्ध संघ संस्थाहरु सचेत देखिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !