कोरोना विशेष अनुदानमा नेपालगञ्जलाई प्राथमिकता

नेपालगञ्ज – ५ नम्बर प्रदेश सरकारले कोरोना विशेष अनुदानमा नेपालगञ्ज उपमहानगरपालिकालाई प्राथमिकतामा राखेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना विशेष अनुदान दिने निर्णय गर्दा नेपालगञ्ज उपमहानगरपालिकाले २५ लाख रुपैया पाउने भएको हो । प्रदेशका अरु तीन वटा उपमहानगरपालिकाहरु बुटवल, घोराही र तुलसीपुरले २०/२० लाख रुपैया पाउँदैछन् ।
कोरोना भाइरसविरुद्धको अभियानमा भएका काम कारबाहीप्रति सन्तुष्ट रहदै प्रदेश सरकारले नेपालगञ्ज उपमहानगरपालिकालाई प्राथमिकतामा राखेको हो । पश्चिम क्षेत्रकै बढी चलनचल्तीको नाका भएकाले नेपालगञ्ज जोखिममा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले कोरोनाविरुद्धको अभियानमा शुरुवातदेखि नै सक्रियपूर्वक काम गरेको छ । भारतबाट आएका ठूलो संख्यालाई दशगजा, महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाएर राखेको छ । उनीहरुको खानापिनको व्यवस्थापन उपमहानगरपालिकाले नै गरिरहेको छ । आइसोलेसन अस्पताल,
यसैगरी, प्रदेश सरकारले सिद्धार्थ नगरपालिकालाई २० लाख र प्रदेशभित्रका अन्य ३१ वटा नगरपालिकालाई १५/१५ लाख दिने निर्णय गरेको छ । प्रदेशका ७३ वटा गाउँपालिकालाई दश लाख रुपैयाका दरले दिने निर्णय भएको छ । १२ वटा जिल्ला समन्वय समितिलाई ५/५ लाख रुपैया दिने निर्णय भएको छ ।
प्रदेश सरकारले कोरोना विशेष अनुदान खर्चका लागि मापदण्ड बनाएको छ । त्यसै अनुसार स्थानीय तहहरुले खर्च गर्नुपर्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !