दशगजामा आज ‘आरडीटी’

नेपालगञ्ज – जमुनाहास्थित दशगजाको क्वारेन्टाइनमा बसेका एक सय ८१ जनाको आज ‘आरडीटी’ जाँच हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामा रहेका सबैको आरडीटी टेष्ट गर्न थालेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई दशगजास्थित टेन्ट टाँगेर राखिएको छ । एक सय ८१ जना २५ जिल्लाका छन् । १५ देखि २१ दिनभित्र आरडीटी जाँच गर्ने निर्देशिकामा उल्लेख भए अनुसार उनीहरुलाई आज जाँच गर्न थालिएको हो । उनीहरु १८ गते नेपाल भित्रिएका थिए ।
जिल्लाका अन्य पालिकाहरुले क्वारेन्टाइनमा १४ दिन बसेका व्यक्तिको आरडीटी जाँच गर्ने र नेगेटिभ आएकालाई घर पठाउने काम गरिरहेका छन् । अहिलेसम्म बाँकेबाट दुई सय हाराहारीमा क्वारेन्टाइनमा बसेका व्यक्ति घर गइसकेका छन् । दशगजाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आज आरडीटी टेष्ट गरेपछि उनीहरुलाई घरसम्म पठाउने बारेमा अधिकारीहरुले छलफल गरिरहेको जनाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !