ट्रफीसहित लुम्बिनी लायन्सकाे विजय उत्सव बागेश्वरी मन्दिरबाट सुरु


नेपालगन्ज – नेपाल प्रिमियर लिग (एनपीएल) विजेता लुम्बिनी लायन्सकाे ट्रफीसहितकाे विजय उत्सव नेपालगन्जकाे बागेश्वरी मन्दिरबाट सुरु भएकाे छ ।
अान्तरिक क्रिकेटकाे ठूलाे धनराशीकाे प्रतियाेगिता जितेकाे लुम्बिनी लायन्सले ट्रफी प्रदेशभरी घुमाउदै छ । त्यसकाे सुरुवात नेपालगन्जकाे बागेश्वरी मन्दिरबाट सुरु भएकाे हाे ।
बागेश्वरी मन्दिरमा पूजा गरेपछि स्थानीय एमपी स्कुलमा ट्रफी लगिएकाे थियाे । एनपीएलमा नेपालगन्जका मेयर प्रशान्त विष्टले स्वागत गर्दै क्रिकेटकाे विकासमा सक्दाे सहयाेग गर्ने बताए ।
ट्रफीलाई नेपालगन्ज बजार परिक्रमा गराइएकाे थियाे । नेपालगन्ज पछि ट्रफी बर्दिया जिल्ला लगिएकाे छ । त्यसपछि लुम्बिनीका अन्य जिल्ला लगिने क्यानका पूर्वसदस्य सुनिलसिंह हमालले जानकारी दिए । ट्रफीसँगै काेही पनि खेलाडी नअाउदा अलि खल्लाे भएकाे थियाे । खराव मा‌ैसमका कारण हिजाे जहाज उडान नभएपछि खेलाडी अाउन पाएका थिएनन् ।


error: यो सुविधा उपलब्ध छैन !