पार्टी प्रचार अभियानमा विरेन्द्र बस्नेत

नेपालगन्ज – गतिशील लाेकतान्त्रिक पार्टीका नेताहरु पार्टी प्रचारका क्रममा बर्दिया र बाँके जिल्लामा अाएका छन् ।
भदाै २३ र २४ गतेकाे जेनजी अान्दाेलनपछि पार्टी दर्ता गरेका बुद्व एयरका मालिक विरेन्द्रबहादुर बस्नेतसहितकाे टीम संगठन विस्तार गर्न बाँके र बर्दिया अाएकाे हाे ।
बर्दियाकाे राजापुरमा कार्यक्रम गरेपछि गतिशील पार्टीका नेताहरु नेपालगन्ज अाएका छन् । नेपालगन्जमा साँझ कार्यक्रम गरिएकाे छ ।
पार्टी अध्यक्ष दिनेश प्रसाईं, केन्द्रीय सदस्यद्वय विरेन्द्रबहादुर बस्नेत र डा. रामचन्द्र खनालकाे टीमले यहाँका उद्याेगी-व्यापारी, राजनीतिकर्मी, बुद्वका कर्मचारी-अाफन्तीसँग अाफ्नाे पार्टीकाे एजेन्डा बताएका छन् ।
नेताहरुका अनुसार, कृषि, पर्यटन, शिक्षा
र अाइटीलाई फाेकस गरिएकाे छ । उनीहरुले समृद्धि, राेजगार, कुसाशन-भ्रष्टाचार निर्मुल पार्ने एजेन्डा ल्याउने बताए ।
नेता बस्नेतले राष्ट्रलाई रुपान्तरण गर्न जरुरी रहेकाे उल्लेख गर्दै गर्न सक्ने क्षमता भएका सिर्जनाशील व्यक्ति मुकदर्शक भएर बस्नु हुँदैन भनेर राजनीतिमा अाएकाे बताए ।











