खजुरा-४ काे भवन उद्घाटन

खजुरा – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको साेमबार उद्घाटन गरिएको छ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान ) र उपाध्यक्ष मन्जु मल्लले  वडा कार्यालय भवनकाे उद्घाटन गर्नुभएको हाे।

भवनको उद्घाटन गर्दै अध्यक्ष तुफानले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

हामीले चुनावमा गरेकाे एउटा  महत्त्वपूर्ण  प्रतिबद्धता  पुरा गरेका छाै। चुनावकाे बेला वडा नं ४काे वडा भवन  वनाउँछु भनेर  प्रतिबद्धता गरेका थियौं  पूरा गरियाे, अध्यक्ष विकले भन्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा बाेल्दै खजुरा गाउँपालिका उपाध्यक्ष  मल्लले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थित वडा कार्यालय भवन निर्माण भएको छ, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहजसँगै सेवा प्रभावकारी बन्ने र स्थानीय तहबाटै व्यवस्थीत सेवा प्रवाहमा सहज हुने उनको भनाइ छ ।

उपाध्यक्ष मल्लले नागरिकलाई सेवा प्रवाह गर्ने नजिकको सरकार वडा कार्यालय भएको बताउँदै वडाबाट दिइने सेवाहरू जति व्यवस्थित तरिकाले दिन सक्यो त्यति नै नेपालको संविधान कार्यन्वयन भएको नागरिकहरूले अनुभूति गर्ने बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर राेकायले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए। भवन उद्घाटन कार्यक्रम खजुरा गाउँपालिका प्रमुख प्रशासकीय बस बहादुर राना, वडा नम्बर २ का वडा अध्यक्ष धनराम वली, विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीय नागरिक लगाएतकाे सहभागीता रहेको थियोे ।


error: यो सुविधा उपलब्ध छैन !