मन्त्री कुर्मीले गरे वृक्षरोपण


नेपालगन्ज – कल्पवृक्ष वृक्षरोपण गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले घरघरमा विरुवा, टोलटोलमा वृक्षरोपण अभियान शुभारम्भ गर्नु भएको छ ।
आयोजक डिभिजन वन कार्यालय, बाँके निमित्त प्रमुख विरेन्द्र रोकाले अभियान अन्तर्गत बाँकेको जिल्लाका सामुदायिक विद्यालय, धार्मिक स्थल, निजी घरमा वृक्षरोपण गरिने योजना रहेको बताउनु भयो । अभियानका क्रममा अमला, निम, सितल चिनी, टंकी, सिसौं, पारिजातको फुल, कल्पवृक्ष र श्रीखण्डका विरुवा रोपिने उहाँले बताउनु भयो ।
अभियान अन्तर्गत जानकी गाउँपालिका वडा नम्बर ४ मा रहेको इमला बाबा जंगली दास आश्रम राम जानकी मन्दिर, खजुरा वडा नम्बर २ के गाउँस्थित नव भगवती मन्दिर, हरित सिर्जना सामुदायिक वन उपभोक्ता समुहको कार्यालय, जगनिया माता मन्दिर, खजुरा गाउँपालिका वडा नम्बर ५ मा रहेको माई भगवती मन्दिरमा वृक्षरोपण गरिएको थियो ।
अभियानका क्रममा वातावरणीय असरलाई कम गर्दै मानिसलाई स्वस्थ रहन सहयोग गर्ने विरुवाहरु रोपिने वन तथा वातावरण मन्त्री कुर्मीले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘वातावरण राम्रो भयो भने हामी सम्पूर्ण कुरा गर्न सक्छौं । स्वास्थ्य राम्रो भएन हामी केहि गर्न सक्दैनौं । अहिले प्रमुख समस्या भनेको वातावरण प्रदुर्षण हो । यसलाई कम गर्न वृक्षरोपण आवश्यक छ ।’
वृक्षरोपण भनेको पुण्य काम भएकोले यसमा सबै नागरिकको साथ, सहयोग र सहकार्यको चाहिने मन्त्री कुर्मीले बताउनु भयो । वृक्षरोपण अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा वातावरण प्रदुर्षणलाई कम गर्ने खालका विरुवाहरु वृक्षरोपण गरिने उहाँले जानकारी गराउनु भयो ।
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नमा हरेक वर्ष वृक्षरोपण अभियान महत्वपूर्ण हुने डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेका निमित्त प्रमुख विरेन्द्र कुमार रोकाले बताउनु भयो । मन्त्री कुर्मीले एकै दिन पाँच स्थानमा वृक्षरोपण गरेर सुभारम्भ गरेको अभियान प्रभावकारी रुपमा अगाडी बढने डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले बताउनु भयो ।
बाँकेको क्षेत्र नम्बर ३ भएको वृक्षारोपण अभियानको सहजीकरण राझा सव डिभिजन वन कार्यालयका प्रमुख वरिष्ट वन अधिकृत राज बहादुर चौधरीले गर्नु भएको थियो ।
बाँकेमा सुरु भएको वृक्षरोपण अभियानमा पारिवारिक निजी वन संघ नेपाल बाँके, निजी वन सरोकार संघ बाँकेले पनि सहजीकरण गरिरहेका छन् । अभियानको शुभारम्भ कार्यक्रममा पारिवारिक निजी वन संघ नेपाल बाँके अध्यक्ष सुनिल घिमिरे, निजी वन सरोकार संघ बाँके अध्यक्ष अमर रावतको पनि सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !