स्कुल गएकी बच्ची घर फर्किदा डुबेर मृत्यु


नेपालगन्ज – बांकेकाे खजुरामा ७ वर्षकी बालिकाकाे नालामा डुबेर मृत्यु भएकाे छ ।
नेराप्रावि, मनकामनापुरमा कक्षा १ मा पढ्ने ७ वर्षकी अारती गिरीकाे पेडारी नालामा डुबेर मृत्यु भएकाे हाे ।
स्कुल गएकी बालिकाकाे घर फर्किदा नालामा डुबेकाे स्थानीयले बताएका छन् । बालिकालाई सधै अभिभावक लिन जान्थे । हिजाे अामा ढिलाेगरी लिन जादा बालिका निस्किसकेकी थिइन् । स्कुलबाट घर नअाएपछि खाेजी भएकाे थियाे । प्रहरीलाई पनि खबर गरियाे । बालिकाकाे शब अाज बिहान घरदेखि ५ सय मिटर टाढा फेला परेकाे छ ।
यसैबीच, खजुरा-२, एलगाउंमा ४२ वर्षका दिपक विक नाला मृत भेटिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !