चाेरीकाे सामान बाेकेकाे बाेलेराे प्रहरी नियन्त्रणमा


नेपालगन्ज – बांके प्रहरीले अवैध रुपमा ल्याइएकाे ठूलाे मात्रामा चिनी र खाने तेल बरामद गरेकाे छ ।
बांके प्रहरीका अनुसार, अवैध रुपमा ल्याइएकाे एक हजार ६ सय किलाे चिनी र ८४ पेटी खाने तेलसहित बाेलेराे गाडी नियन्त्रणमा लिइएकाे छ । लु १ च ६९७० नम्बरको बाेलेराे गाडीमा अवैध रुपमा ल्याइएकाे चिनी र तेल भेटिएपछि प्रहरीले गाडी, चालक भीमबहादुर डिसी, चिनी र तेल भन्सार कार्यालयमा पठाइदिएकाे छ ।
नेपालगन्जकाे बसपार्क नजिकबाट बिहान उक्त सामान बरामद गरिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !