महासंघमा तालाबन्दी


नेपालगन्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्रेस चौतारी र प्रगतिशील पत्रकार समूहले सदस्यता शुद्धिकरण विभेदकारी भएको भन्दै तालाबन्दी गरेका हुन् ।
पत्रकार महासंघको असोज १२ गते चुनावको मिति तोकिएको छ । महासंघले शनिबार अन्तिम नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावलीमा प्रेस युनियन र प्रेस सेन्टरको धेरै सदस्य थपिएर आएपछि चौतारी र प्रगतिशीलले असहमति जनाएका हुन् । पत्रकारितासँगै अन्य पेशामा एकै प्रकृतिका काम गर्नेमा विभेद भएको आन्दोलनकारीको भनाई छ ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले शुद्धिकरण र नयाँ सदस्यता थप्दा विभेद भएको बताए । उनले निष्पक्ष रुपमा शुद्धिकरण गर्न आग्रह गरे । पत्रकारितासँगै एनजिओमा काम गर्ने, शिक्षण पेशामा लागेकाहरु प्रेस युनियन र प्रेस सेन्टरले सदस्यता जोगाउने र थप्ने काम गरेको तर त्यही प्रकृतिको काम गर्ने चौतारी र प्रगतिशील आवद्ध रहेकाको सदस्यता फालिएको आन्दोलनकारीको दावी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !