असोज ३ गते रात्रीदौड


नेपालगन्ज – असोज ३ गते नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गरिने भएको छ । धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’को सुरुवात रात्री दौडबाट गरिदैछ ।
पहिलोपटक आयोजना हुन लागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौंडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ । १० किमी रात्रीदौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराइने छ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गर्ने नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो । भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राखिएको छ । रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले बिशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको छ ।
नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्ले धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्ट समेटेको छ । धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार हुने घोषणा भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !