सुमन र बिनिता प्रथम


नेपालगन्ज – नेपाल खेलकुद महासंघ, बाँकेले अन्तर मावि १५०० मिटर दौड प्रतियोगिता सम्पन्न गरेको छ । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ सीगाउँ चौधरीपुर भट्टा चोकदेखि सुरु भएको दौड श्री अमर  मा.बि. गौतम बस्तीसम्म तय गरिएको थियो । जिल्लाका करिव २० वटा बिद्यालयका छात्र–छात्रा सहभागीता रहेको कार्यक्रममा श्री अमर माध्यामीक बिद्यालयका खेलाडीे  सुमन सुनार र बिनिता परलामीले प्रथम स्थान हासिल गरे । छात्र तर्फ क्रमश  श्री जय जनता माध्यामिक बिद्यालय नेपालगन्ज २० नयाँबस्तीका रुपेभ थारु  द्धितिय र श्री आदर्श माध्यामिक बिद्यालय खजुराका प्रशान्त गुरुङ तृतिय भए । त्यसैगरि छात्रतर्फ जीवन ज्योती माध्यामिक बिद्यालयकी छात्रा शिवानी बिक द्धितिय र सोही बिद्यालयकी मनिषा बिकले तृतिय भए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले  ३,०००, द्वितिय स्थान प्राप्त गर्नेले  २०००, तृतीय स्थान प्राप्त गर्नेले  १००० र सान्त्वना रु ५ सय रुपैयाँ २-२ जना छात्र–छात्रालाई दिनु साथै प्रमाण पत्र र मेडलहरु प्रदान गरिएको थियो । सहभागी सम्पूर्णलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

नेपाल खेलकुद माहासंघ स्थाई कमिटी सदस्य तथा लुम्विनी इन्चार्ज,नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कृष्णा पाठक प्रमुख अतिथि  रहेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव बलराम भट्टराई बिशिष्ठ अतिथी रहेका थिए । महासंघका अध्यक्ष होम सुनारको अध्यक्षतामा संचालित कार्यम्रममा खजुरा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष धनिराम वली, लुम्बिनी प्रदेश खेलकुद बिकास समिति सदस्य डि.बी. तामाङ, खजुरा गाउँपालिका खेलकुद बिकास समिति सदस्य सचिव,नेकपा एमाले नेपालगन्ज उपमाहानगर कमिटी अध्यक्ष मोहीत शाह, नेकपा एमाले खजुरा गाउँपालिका अध्यक्ष देवीराम खनाल, नेकपा माओवादी केन्द्रका खजुरा गाउँपालिका अध्यक्ष राजकुमार बि.क , खजुरा गाउँपालिका राष्ट्रिय स्वतंन्त्र पार्टीका सभापति कुमार गिरी,देबेन्द्र रावल,श्री अमर मा.बि.का बिद्यालय व्यवस्थापन समिती अध्यक्ष परशुराम डडेल,सोही बिधालयका प्रधानअध्यापक पूर्ण प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !