भारतबाट ल्याइएका चल्ला बरामद


नेपालगञ्ज – बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको ठूलो संख्यामा कुखुराको चल्ला बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले ५९ पेटी (पाँच हजार नौ सय वटा) कुखुराको चल्ला बरामद गरेको जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, राँझा, वडा नं. १८, भुजइगाउँ र डुडुवा गाउँपालिका वडा नं. ६, हिरमिनियाबाट कुखुराको चल्ला बरामद गरेको प्रहरीले बताएको छ । बरामद चल्ला पाँच लाख ९० हजार बराबरको रहेको बताइएको छ ।
चल्ला अटोमा राखेर ल्याइएको थियो । प्रहरीले अटो र अटोचालकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले भुजईगाउँबाट ८ किलो माछासमेत बरामद गरेको छ । कुखुराको चल्ला, माछा, अटो, अटोचालकलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !