दिउँसो चोरे, राती समातिए


नेपालगञ्ज –नेपालगञ्जमा एक घरबाट नौ लाख रुपैया चोरेका तीन जना समातिएका छन् । दिउँसो पैसा चोरेर भागेका उनीहरुलाई राती प्रहरीले होटलबाट समातेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, कुर्मीटोलमा गोविन्द बर्माको घरबाट नौ लाख रुपैया चोरेका जुम्लाका दीपक बस्याल, प्रकाश खड्का र केसे सार्की राँझास्थित एक होटलबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताउनुभयो ।
होटलको २०५ नम्बर कोठाबाट समातिएका उनीहरुको साथबाट प्रहरीले सात लाख ८३ हजार ३ सय ७० रुपैयासहित चार सय मिलिग्राम ब्राउनसुगरसमेत बरामद गरेको छ ।
यसैबीच, गएराती नै नेपालगञ्जको आदर्शनगरस्थित खिमबहादुर चलाउनेको घरमा लुटपाट भएको छ । ५÷७ जनाको समूहमा आएका लुटेराले चलाउनेको नगद र मोबाइल लगेका छन् । प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !