माेटरसाइकल दुर्घटनामा ठाकुरकाे मृत्यु


नेपालगञ्ज – बांकेकाे राप्तीसाेनारीमा भएकाे माेटरसाइकल दुर्घटनामा ठाकुरसिंह थारुकाे मृत्यु भएकाे छ ।
भे ७ प २८९८ नम्बरकाे माेटरसाइकल राप्तीसाेनारी-५, चिलरियाकाे भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएकाे थियाे ।

भरत बादीले चलाएकाे माेटरसाइकलकाे पछाडि थारु बसेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएकाे थियाे । उपचारकाे क्रममा बिहान ४:३० बजे मृत्यु भएकाे छ ।
प्रहरीले माेटरसाइकल र चालकलाई नियन्त्रणमा लिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !