आदर्शको ‘स्पोर्ट्स विक’ शुरु

नेपालगञ्ज – नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयको ‘स्पोर्ट्स विक’ आजदेखि सुरु भएको छ । विद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित तीन दिने ‘स्पोर्ट्स विक’को नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले उद्घाटन गरेका छन् । वडा नम्बर १ धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा झण्डोत्तलन गरेर रिजालले ‘स्पोर्ट्स विक’को उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रिजालले शिक्षासंगै खेलकुदलाई पनि अगाडि लिएर जान जरुरी रहेको बताए । शारीरिक र मानसिकरुपले स्वस्थ मानिसले मात्र देश विकासमा टेवा पुर्याउन सक्ने भन्दै उनले त्यसका लागि सबैभन्दा उत्तम माध्यम खेलकुद भएको बताए । “खेलकुदलाई आदर्शले निरन्तररुपमा महत्व दिँदै आएको छ, म आदर्शलाई धन्यवाद दिन चाहन्छु,” उनले भने-“भोलि यिनै भाइबहिनीहरुबाट नै देशले प्रतिभावान खेलाडी पाउने हो, यो राम्रो अवसर हो ।” रिजालले आफू धम्बोझीलाई खेलकुदको हब बनाउन लागिपरेको बताउँदै अहिलेसम्म धेरै संरचनाहरु निर्माण भइसकेको र केही निर्माणको चरणमा रहेको जानकारी दिए ।

आदर्श माध्यमिक विद्यालयका चिफ डाइरेक्टर ईश्वर पोखरेलले विद्याथीहरुमा अन्तरनिहित क्षमतालाई उजागर गर्न हरेक बर्ष ‘स्पोर्ट्स विक’ आयोजना गर्दै आएको बताए । एकेडेमिक एडभाइजर प्रकाश लामिछानेले विद्यार्थीहरुमा रहेको खेलप्रतिको उत्साह र जाँगरलाई मूर्तरुप दिन खेलकुदजन्य क्रियाकलाप आदर्शको प्राथमिकतामा पर्दै आएको बताए ।

विद्यालयका सहायक प्राचार्य टंक गौतमले सहजीकरण गरेको कार्यक्रममा विद्यालयकी कोर्डिनेटर अञ्जली जैनले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । उद्घाटन कार्यक्रममा आदर्शका संस्थापक सदस्य एवम् सनविनका डाइरेक्टर पवन गौतम, ब्याडमिन्टन प्रशिक्षक जनार्दन रत्न मल्ल, भलिबलका पूर्व खेलाडी एवम् प्रशिक्षक सञ्जय शर्मा उपाध्याय, विद्यार्थी, शिक्षक लगायत उपस्थित थिए ।

पाठ्यक्रममा आधारित नियमित अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा ‘स्पोर्ट्स विक’ गर्दै आएको सहायक प्राचार्य टंक गौतमले बताए । लंगजम्प, खोखो, व्याडमिन्टन, फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, सांगितिक कुर्सी दौड, पिरामिड दौड लगायतका इभेन्ट ‘स्पोर्ट्स विक’मा समावेश गरिएको छ । पुरुष शिक्षकहरुका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएको छ ।

नेपालगञ्ज-१० सुर्खेतरोडमा अवस्थित आदर्श माध्यमिक विद्यालय यस क्षेत्रको अग्रणी निजी विद्यालय मानिन्छ । अभिभावकहरुको रोजाईमा पर्दै आएको शिक्षण सिकाईमा अब्बल मानिएको आदर्शले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !