नेपालगञ्ज म्याराथनमा थपिए चार विधा

नेपालगञ्ज – नवौं धारा नेपालगञ्ज म्याराथनमा चार वटा विधा थप गरिएको छ ।
एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यता प्राप्त नेपालगञ्ज म्याराथनलाई अझ भब्य बनाउन चार विधा थपेर १४ वटा पु¥याइएको छ । मंसीर ९ गते शनिबार हुने नेपालगञ्ज म्याराथनमा स्कूल स्तरीयमा बाह्य र बाँके जिल्ला र स्कूलस्तरीय दौड पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षा सम्मको अलग अलग प्रतिस्पर्धा राखिएको छ ।
नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीका अनुसार, पुरुषतर्फ म्याराथन (४२.१९५ किमि), महिलातर्फ हाम म्याराथन (२१ किमि), १० किलोमिटर खुल्लामा पुरुष र महिला, ५ किलोमिटर स्कूलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ५ किलोमिटर कर्पोरेट रन, ५ किलोमिटर ट्राइसाइकल र ५ किलोमिटर वाकाथन समावेश गरिएको छ । स्कूलस्तरीय दौडमा बाँके र बाह्य जिल्लालाई छुट्याइएको छ । बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलग अलग ५ किलोमिटरलाई छुट्याइएको छ । बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलग अलग ५ किलोमिटर दौड सञ्चालन गरिदैछ ।
आयोजक क्रियटिभ ह्याण्डसले बिहीबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरेर यस वर्षको म्याराथनमा नगद पुरस्कार राशीमा बृद्धि गर्ने जनाएको छ । संस्थाका अध्यक्ष ठकुरीले यसपाली सरप्राइज प्याकेज पनि घोषणा गर्ने बताए ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका खेलकुद सदस्य सचिव जयप्रकाश भट्टराई र केएल दुग्गड गु्रपका प्रदीप छाजेडले नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिन र अझ उचाईमा पु¥याउन लागि पर्ने बताए ।
नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्ने गरी मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्ने गरिएको छ ।
म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कनक्लेभ आयोजना गर्ने आयोजकले बताएको छ । यसमा खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस र छलफल हुने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !