व्यवसायिक चाेर पक्राउ

नेपालगञ्ज – बांके प्रहरीले व्यवसायिक चाेरलाई पक्राउ गरेकाे छ ।
बांकेकाे विभिन्न ठाउंमा चाेरी गरेका सुर्खेत सिम्ता गाउंपालिका वडा नम्बर ५ का शिव नेपालीलाई प्रहरीले चाेरीका सामानसहित पक्राउ गरेकाे हाे ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, नेपालीले भदाै ५ गते खजुराकाे सिमलघारीमा रहेकाे अारके ज्वैलर्सबाट सुन र चांदीकाे गरगहना, असाेज १५ गते जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट ल्यापटप, असाेज १९ गते खजुराबजारमा रहेकाे दिप शिखा ज्वैलर्सबाट सुन चांदी चाेरी गरेका थिए ।
नेपालीकाे साथबाट नगद ६ हजार ९ सय ७५, एक थान ल्यापटप, ५ ग्राम सुन, चांदीकाे अाैठी १२ थान, सिक्री ८ थान, मुन्द्रा ४५ थान, जन्तर २ थान, ब्रासलेट २ थान, पायल ४ थान, बिछिया ८ थान, लकेट १४ थान, सिक्का ३ थान, बाला १० थान, दुक्रा ८० ग्राम बरामद गरिएकाे छ । उनले चाेरी गर्दा प्रयाेग गर्ने पेचकस, रेन्ची, हथाैडा, पिलास, चक्कु र दराैती पनि बरामद गरिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !