१५ जना बालबन्दी आफै फर्किए


नेपालगन्ज – बाँकेकाे डुडुवामा रहेकाे जयेन्दु बालसुधार गृहबाट भागेका १५ जना बालबन्दी फर्किएका छन् ।
हिजाे दिउँसाे सवा दुई बजेतिर भागेका १ सय १० जनामध्ये १५ जना अाफै फर्किएका हुन् । भागेर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा अाइपुगेका एक दर्जन बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । भागेका अन्यकाे खाेजी भइरहेकाे छ ।
जयेन्दुमा २ सय २८ जना बालबन्दी थिए । त्यसमध्येका उत्श्रृंखल ९ जनालाई प्रहरीले हिरासतमा राखेर थप मुद्दा चलाएकाे छ ।
बालसुधार प्रशासनले भागेर पुनः फर्किएकालाई छुट्टै राखेकाे छ । प्रहरीले समातेकाे यकिन तथ्यांक बालसुधार प्रशासनलाई दिइएकाे छैन । फर्किएकाबाहेक ९५ जना बालबन्दी सम्पर्कमा नभएकाे बालसुधार गृहले जानकारी दिएकाे छ ।
डुडुवा गाउँपालिकामा रहेकाे बालसुधार गृहमा १८ वर्षमुनीका अपराधकर्म गरेकालाई राख्ने गरिएकाे छ । यहाँ अन्यत्र जिल्लाबाट समेत ल्याइएका छन् ।
जेन-जी अान्दाेलनका क्रममा धेरै ठाउँका कैदी बन्दी भागेकाे थाहा पाएसँगै यहाँका बालबन्दी भागेका थिए । सीमा नजिक रहेकाले बालसुधार गृहबाट भागेकाहरु भारत प्रवेश गर्ने प्रबल संभावना भएपनि यतिबेला भने भारतले नाकामा कडाई गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !