जयेन्दु बालसुधार गृहबाट १२२ जना बालबन्दी भागे
नेपालगन्ज – बाँकेकाे डुडुवामा रहेकाे जयेन्दु बालसुधार गृहबाट बालबन्दी भागेका छन् ।
आज दिउँसाे सवा २ बजेतिर बालसुधार गृहमा रहेका १२२ जना बालबन्दी भागेका हुन् । त्यहाँ २२८ जना बालबन्दी थिए ।
जिल्लाकै नाैबस्तामा रहेकाे बालसुधार गृहबाट बालबन्दी भागेकाे थाहा पाएका जयेन्दुका बालबन्दी पनि गेटकाे लक ताेडेर भागेका छन् । भाग्न मन नगरेका बालबन्दीमात्रै बसिरहेका छन् ।
बनलसुधार प्रशासनले अाज बिहानभरी माेबाइल दिएकाे थिएन । घरबाट जरुरी फाेन अाउँछ भनेर माेबाइल लगिएपछि विभिन्न ठाउँकाे समाचार हेरेर बालबन्दी भागेकाे बुझिएकाे छ ।
विगतमा जयेन्दुमा पटक-पटक बालबन्दीका बिचमा झडप हुने गरेकाे थियाे । यहीबाट धेरैलाई नाैबस्ता सारिएकाे थियाे ।
अपराधकर्ममा लागेका १८ वर्षमुनिकालाई बालसुधार गृहमा राख्ने गरिन्छ ।