नेपालगन्ज कारागारमा तनाव


नेपालगन्ज – नेपालगन्ज कारगारमा तनाव भएकाे छ ।
अन्यत्रकाे जसरी आफूहरु पनि बाहिर निस्किन पाउनु पर्ने भन्दै कैदी बन्दीले आन्दाेलन गर्दै आगजनी गरेका छन् । बाहिरबाट नेपाली सेनाले घेरेर राखेकाे छ । त्यसक्रममा नेपाली सेनाले गाेली चलाउदा एक जनाकाे खुट्टामा गाेली लागेकाे छ ।
याे समाचार तयार पार्दासम्म कारागारमा अागजनी भइरहेकाे छ भने ठूलाे संख्याकाे नेपाली सेनाले घेरेर राखेकाे छ ।
यसैबीच, स्थानीय प्रशासनले बाँके जिल्लाभरी निषेधित क्षेत्र घाेषणा गरेकाे छ । आज राती १० बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घाेषणा गरिएकाे प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीले बताए ।


error: यो सुविधा उपलब्ध छैन !