राती १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु

नेपालगञ्ज – नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञाकाे समय खुकुलाे पार्दै लगिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी विपिन अाचार्यका अनुसार, अाज बिहान १० बजेदेखि राती १० बजेसम्म निषेधाज्ञा लगाइएकाे छ । याे अवधिमा भेला, जुलुश, सभा गर्न राेक लगाइएकाे छ ।
कर्फ्युकाे समय पनि घटाइएकाे छ । राती ८ बजेदेखि लाग्दै अाएकाे कर्फ्यु राती १० बजेदेखि विहान ४ बजेसम्म लगाइएकाे छ ।


नेपालगञ्ज बिस्तारै लयमा फर्किदै गएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !