जुत्ता चप्पलमा जैसी

नेपालगञ्ज – नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले कविराम जैसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जैसी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पोखरेल, उपाध्यक्षमा इश्वरी पौडेल, महासचिवमा कुलराज संज्याल, उपमहासचिवमा अकवाल हुसैन र कोषाध्यक्षमा रविन पौडेल रहेका छन् ।
सदस्यहरुमा दुर्गा शाही, सरिता शर्मा, शमशेर चन्द, आलोक सिंह, कृष्णाकुमारी शाही सिंह, रामप्रसाद ढकाल, डम्बरबहादुर धामी र मनोनितमा वरिष्ठ सदस्य शौरभ अग्रवाल, सदस्यमा अजिज अहमद सिद्धिकी र गुलाम हुसेन शेष रहेका छन् ।
संघमा सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयन भएको कोषाध्यक्ष रविन पौडेलले जानकारी दिनुभयो ।
पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटनमा व्यवसायी अगुवा कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, उपाध्यक्ष चिरञ्जीवी ओली, शिव दाहाल, इन्दिरा शाही, विष्णु श्रेष्ठलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !