चोरीमा बालक

नेपालगञ्ज – नेपालगञ्जमा भएका चोरीका घटनामा बालक संलग्न रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले पछिल्लो पटक भएका दर्जन चोरीका घटनामा बालक संलग्न रहेको जनाएको छ । प्रहरीले ६ जना बालकलाई पक्राउ गरेको छ । पक्राउ परेका बालक ११ वर्षदेखि १५ वर्षका छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नगरका विभिन्न ठाउँका भएका साना ठूला चोरीका घटना बालक संलग्न रहेको पाइएको बताउनुभयो । प्रवक्ता डाँगीका अनुसार, ६ जनामध्ये ११ वर्षका दुई जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने चार जनाविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ ।
नेपालगञ्जमा साना चोरीका घटनाले प्रहरी हैरान रहेको छ । पक्राउ परेका बालकमध्ये केही ‘पटके’ छन् । विगतमा चोरीका घटनामा पक्राउ परेपनि उमेर सानो भएकाले छोडिएकाहरु फेरि त्यही कर्ममा लागेको पाइएको छ । यी बालकले सटर फोर्ने, झ्यालको भेन्टिलेटरबाट छिरेर चोरी गर्ने गरेको स्वीकारेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !