कोहलपुर खानेपानीमा भूसाल

नेपालगञ्ज – कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थामा लोकतान्त्रिक प्यानलका टेकनारायण भूसाल विजयी भएका छन् ।
नेपाली कांग्रेसका युवा नेता भुसालले चार दलीय गठबन्धनका उम्मेदवार रुद्र खनाललाई पराजित गरेका हुन् । भुसालले एक हजार दुई सय १४ मत ल्याउदा खनालले एक हजार १७ मत ल्याएका थिए ।
संस्थाको उपाध्यक्षमा वीरबहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धु्रव आचार्य, सहसचिवमा बालकुमारी सापकोटा र सहकोषाध्यक्षमा ईश्वरप्रसाद शर्मा विजयी भएका छन् । यी सबै लोकतान्त्रिक प्यानलमा थिए । सदस्य पनि यसै प्यानलबाट जितेका छन् ।
नवनिर्वाचित अध्यक्ष भूसालले कोहलपुरवासीलाई स्वच्छ पानी खुवाउन चुनाव अघि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताए । उनले समस्यालाई वर्गीकरण गरेर समाधान गर्दै जाने र प्रतिस्पर्धीसँग पनि समन्वय गर्ने बताए ।
५ हजार २ सय ७७ मतदाता रहेको संस्थामा दुई हजार ८ सय ८७ मत खसेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !