सात जनालाई स्वागत


नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बांकेले अन्य जिल्लाबाट बांकेमा सरुवा भई आउनु भएका कर्मचारीलाई स्वागत गरेको छ ।

कर्मचारी मिलन केन्द्रका संरक्षक बांकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य तथा कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेले भर्खरै बांकेमा सरुवा भई आउनु भएका सिक्टा सिंचाई आयोजनाका सिडिई तिलकराम बुढाथोकी, उच्च सरकारी वकिल कार्यालय, नेपालगञ्जका उपन्यायाधिवक्ता नरेन्द्र देवकोटा, जिल्ला प्रहरी कार्यालय, बांकेका प्रहरी नायव उपरीक्षक नारायण डांगी, राष्ट्रिय वाणिज्य बैंक, नेपालगञ्ज शाखा प्रमुख गोपाल आचार्य, अध्यागमन कार्यालय, जमुनाहाका अध्यागमन अधिकृत दुर्गा कुमारी वली, मत्स्य विकास केन्द्र, बांकेका कार्यालय प्रमुख बीरेन्द्रप्रसाद चौधरी तथा सहकारी प्रशिक्ष केन्द्रका भोजलाल थारुलाई खादा अविर सहित बांकेमा स्वागत गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !