बांकेबाट २१ जना छानिए
नेपालगञ्ज – साफ यु-१६ का लागि बांकेबाट २१ जना फुटबल खेलाडी छनाैट गरिएकाे छ ।
जिल्लाकाे तीन ठाउँ नेपालगञ्ज, काेहलपुर र खजुराबाट पहिलाे चरणमा छनाैट भएका १ सय ५० जनामध्येबाट २१ जना अन्तिम छनाैटमा परेकाे प्रशिक्षक युवराज शाहीले जानकारी दिनु भयाे ।
अहिले छानिएका २१ जना अाफ्नै खर्चमा दाङमा हुने प्रदेश छनाैटमा जानेछन् । प्रदेशबाट छानिएपछि राष्ट्रिय टीममा पर्न फेरि देशभरबाट अाएकासंग प्रतिस्पर्धा गर्नुपर्छ ।