सात ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, नेपालगञ्जको वीपीचोकबाट दुई जनालाई ५ ग्राम ५ सय मिलिग्राम र जमुनाहाबाट एक जनालाई एक ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।
वीपीचोकबाट नेपालगञ्ज–१६, जयसपुरका २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षका किशोर पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई समातेको हो ।
जमुनाहाबाट कोहलपुरका १९ वर्षीय प्रकाश परियार ब्राउनसुगरसहित पक्राउ परेका हुन् । भारतबाट पैदल नै नेपालगञ्जतर्फ आइरहेका उनको साथबाट एक ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने ब्राउनसुगर नेपालगञ्ज हुँदै देशका विभिन्न भागमा पु¥याउने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !