बांकेमा लापसे जाँच शुरु

नेपालगञ्ज – बांके प्रहरीले सवारी चलाएका व्यक्तिले लागुु  अाैषध सेवन गरे नगरेकाे जाँच शुरु गरेकाे छ ।

जिल्लामा पहिलाे पटक याे लापसे जाँच शुरु गरिएकाे हाे । सडकमा बसेर मापसे जाँच गरिरहेकाे प्रहरीले अब लापसे पनि जाँच शुरु गरेकाे बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी दिनु भयाे ।

मापसेजस्तै लापसे सेवन गरेर सवारी चलाउदा दुर्घटनासंगै अपराध बढ्ने भएकाले प्रहरीले सडकमा बसेर याे जाँच शुरु गरेकाे छ ।

प्रवक्ता डांगीका अनुसार, लासपे सेवन गरेकाे फेला परेमा कारबाहीसंगै काउन्सिलिङ गरिने छ । बांकेमा लागु अाैषध गर्ने अधिक रहेकाे तथ्यांक रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !