स्वागत तथा साहित्यिक विमर्श


नेपालगञ्ज – विश्व नेपाली साहित्य महासंघ (विनेसाम) लुम्बिनी प्रदेश शाखाको आयोजनामा नेपालगञ्जमा शनिबार स्वागत तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
विनेसाम लुम्बिनी प्रदेशका अध्यक्ष तथा साहित्यकार लेक प्रसाद प्याकुरेलको अध्यक्षता तथा त्रिभुवन विश्व बिद्यालय नेपाली भाषा केन्द्रिय विभागका विभागीय प्रमुख तथा लुम्बिनी प्रदेश प्रादेशिक विश्व विद्यालय सेवा आयोगका सदस्य प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
विश्व नेपाली साहित्य महासंघ बाँके शाखाकी अध्यक्ष गीता अर्यालद्वारा सञ्चालित कार्यक्रममा ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराकी क्याम्पस प्रमुख तथा विनेसाम लुम्बिनी प्रदेश शाखाकी उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरेले व्यानर वाचन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
स्वागत तथा साहित्यिक विमर्श कार्यक्रममा विशिष्ठ अतिथि विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञाशुले प्रमुख अतिथि प्रा.डा. कृष्ण प्रसाद घिमिरे, विशिष्ट अतिथि तथा प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीलाई ढाका टोपी र खादा लगाएर स्वागत सम्मान गर्दै सफल कार्यकालको कामना गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कृष्ण प्रसाद घिमिरे, विशिष्ट अतिथि तथा प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, विश्व नेपाली साहित्य महासंघ लुम्बिी प्रदेश शाखाका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, सर्वदा साहित्य संगमका अध्यक्ष तथा वरिष्ठ साहित्यकार खगेन्द्र गिरि कोपिलाले बाँकेको साहित्यिक गतिविधिका बारेमा चर्चा गर्दै  नेपालगञ्जका उर्दू साहित्यकारहरुले धेरै वर्ष पहिलादेखि नै भारतबाट आएर उर्दू कार्यक्रममा गजल वाचन गर्दै आइरहेका छन् तर नेपालगञ्जमा थारु भाषा र अवधी भाषाको कम मात्रामा साहित्यिक कार्यक्रम हुँदै आइरहेको धारणा व्यक्त गर्नुभएको थियो ।
यसैगरि उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञाशु, साहित्यकार तथा विनेसाम बाँके शाखाका सचिव महेन्द्र सेंडाई, साहित्यकार चन्द्रावती अधिकारी, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराकी क्याम्पस प्रमुख तथा विनेसाम लुम्बिनी प्रदेश शाखाकी उपाध्यक्ष चरित्रा शाह, विनेसाम बाँकेकी अध्यक्ष गीता अर्यालले थारु भाषाको गीत सुनाएका थिए, विनेसाम बाँकेकी सदस्य इन्दिरा गौतम र सभाध्यक्ष विनेसाम लुम्बिनी प्रदेशका अध्यक्ष तथा साहित्यकार लेक प्रसाद प्याकुरेलले आफ्नो विचार व्यक्त गर्दै समापन गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिलाई साहित्यकारहरु पुष्पमणि प्रधान, गणेश बहादुर जिसी, खगेन्द्र गिरि कोपिला, दिला शाह, बालकृष्ण शर्मा लगायतले प्रकाशित गरेको आ–आफ्ना कृति प्रदान गर्नु भएको थियो । कार्यक्रममा हाम्रो पूणर््िामा साहित्य प्रतिष्ठान कोहलपुरकी उपाध्यक्ष सुमित्रा न्यौपाने, प्रलेश लुम्बिनी प्रदेशका अध्यक्ष पुष्पमणि प्रधान, खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा.इन्द्र बहादुर भण्डारी, विश्व नेपाली साहित्य महासंघका सल्लाहकार तथा ज्ञनोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, भेरी साहित्य समाज केन्द्रिय सदस्य तथा विनेसाम लुम्बिनी प्रदेशकी कोषाध्यक्ष लता शर्मा, भेरी साहित्य समाज केन्द्रिय समिति कोषाध्यक्ष कविराज रेग्मी, नेपाल ट्रेनिङ्ग एण्ड रिसर्च प्रा.लि.का प्रवन्ध निर्देशक हरि प्रसाद सुवेदी, साहित्यकार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, महेन्द्र पुस्तकालय नेपालगन्जका सदस्य कृष्ण मुरारी प्रसाद भट्ट, साँग्रिला बुक्सका जीवन क्षेत्री, नरेन्द्रराज पोखरेल, स्पर्श गौतम, बालकृष्ण शर्मा लगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !