राजश्व असुली कमजोर

नेपालगञ्ज – आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहदा नेपालगञ्ज नाकामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार, चालु आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा बैशाखसम्ममा १५ अर्बमात्रै राजश्व संकलन भएको छ ।

पश्चिमको व्यस्तमध्येको यो नाकामा बैशाखसम्ममा ५५ अर्ब मूल्य बराबरको पैठारी भएको छ भने दुई अर्ब मूल्य बराबरको निकासी भएको छ ।
नेपालगञ्ज नाकाबाट डिजेल, चामल, एलपी ग्याँस, स्पोन्ज आइरन, मकै, चिनी, पेट्रोल, स्टील वायर रड, भटमास, दाल, तोरी, आलुलगायत बस्तु धेरै भित्रिन्छ । यो नाकाबाट जडीबुटी, खोटो रोजिन, खयर कत्था, प्लाइउड, टारपिन तेल, रिठ्ठा, अदुवा, सुठो, दालचिनी निकासी हुन्छ ।

आर्थिक मन्दीको प्रभाव राजश्व असुली प्रत्यक्ष देखिएको छ । यो नाकामा गतवर्ष पनि लक्ष्य भन्दा कम राजश्व संकलन भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !