बांकेका ६ सहित ७ जनालाई काेराेना

नेपालगञ्ज – नेपालगञ्जमा मंगलबार ७ जनालाई काेराेना देखिएकाे छ ।

भारतका विभिन्न ठाउंबाट अाएका १ सय १७ जनालाई जाँच गर्दा सात जनामा काेराेना देखिएकाे हाे । उनीहरुलाई नेपालगञ्ज नाकामा जाँच गरिएकाे थियाे । काेराेना देखिएका सात जनामध्ये ६ जना बांके र एक जना दाङ जिल्लाका छन् । बांकेकाे राप्तीसाेनारी गाउंपालिकाका ४ जना, काेहलपुर नगरपालिका र जानकी गाउंपालिकाका एक-एक जना रहेका छन् । उनीहरु भारतकाे जम्बु काश्मिरबाट अाएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले काेराेना देखिएकामा सामान्य लक्षण देखिएकाे र अात्तिनु पर्ने नरहेकाे जानकारी दिनुभयाे ।


error: यो सुविधा उपलब्ध छैन !