१७ गते चाैतारीकाे साधारण सभा

नेपालगञ्ज – प्रेस चौतारी, बाँकेकाे साधारणसभा यहीँ बैशाख १७ गते नेपालगञ्जमा हुने भएको छ ।

मंगलवार अध्यक्ष दुर्गा राेकायकाे अध्यक्षतामा बसेकाे कार्यसमितिको बैठकले नेपालगञ्ज उद्योग वाणिज्य संघकाे हलमा साधारणसभा गर्ने निर्णय गरेकाे हाे । उक्त साधारणसभाकाे उद्घघाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नुहुने छ ।

साधारण सभामा बाँकेकाे पत्रकारिताकाे चुनौती र अवसर, संगठन सुदृढीकरण लगायतका बिषयमा बृहद छलफल हुने अध्यक्ष राेकायले बताउनुभयो । उहाँका अनुसार, साधारण सभा भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ ।

मंगलबारनै बसेकाे बैठकले लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को सदस्य मनाेनित हुनुभएकोमा केन्द्रीय सदस्य एवं प्रदेश सह-सहइन्चार्ज रुद्रप्रसाद सुवेदी, प्रदेश समिति सदस्य सरला सुवेदीलाई हार्दिक बधाईका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकाे छ । बैठकले सगरमाथा गन्तव्य दैनिकमा कार्यरत पत्रकार आशा परियारलाई कार्यसमिती सदस्यमा मनाेनित गरेकाे सचिव कमल डाँगीले जानकारी दिनुभयाे ।

बैठकले प्रेस चौतारी, बाँकेका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय उपाध्यक्ष सुरेन्द्र काफ्लेको ममतामयी आमाको असामयिक निधनप्रति दुख व्यक्त गर्दै शाेक प्रस्ताव पारित गरेकाे छ । बैठक दिवंगत आत्माको चीर शान्तिको कामना सहित स्व. आमाप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै यस दुखद घडीमा शोकाकूल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनि गहिरो समवेदना प्रकट गर्दछ । काफ्लेकी आमा हरिप्रिया काफ्लेको ७८ वर्षको उमेरमा आइतबार बिहान १०ः३७ बजे निधन भएको हो।

बैठकमा प्रेस चौतारी केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज भेषराज बस्नेत, संगठनकाे निर्वाचन आयोग सचिव गाेविन्दप्रसाद शर्मा, पूर्व केन्द्रीय काेषाध्यक्ष अक्षरी पाेखरेल, केन्द्रीय सदस्य शकिल अहमद कादरी, बिश्वराज पछल्डङ्या, अनुशासन आयोग सदस्य बिष्णु वेलवासे, केन्द्रीय सदस्य रुपा गहतराज, रुपनी जिएम, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, प्रदेश सदस्य सरला सुवेदी, खम्बप्रशाद पुन, पबित्रा परियार लगायतकाे सहभागिता थियाे भने उहाँहरुले संगठन सुदृढीकरणका लागि आवश्यक सल्लाह सुझाव दिनुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !