राजापुरमा बेपत्ताका परिवारलाई दुई हजार मासिक भत्ता

नेपालगञ्ज – बर्दिया राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैया भत्ता दिने गरेको छ ।

राजापुरका मेयर दिपेश थारुले बेपत्ताका १७ जना परिवारलाई मासिक दुई हजार रुपैया भत्ता दिएको जानकारी दिनुभयो । आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिंदा थोरै भएपनि राहत भएको मेयर थारुको भनाई छ ।

राजापुर नगरपालिकाले द्वन्द्वपीडितलाई समक्ष बनाउन तालिमदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैया छुट्याएको छ । प्रतिव्यक्ति एक लाख रुपैया बराबरको सहयोग गर्ने बताइएको यो कार्यक्रमलाई तालिमसँगै भैसी र बाख्रा पालनमा खर्च गर्ने मेयर थारुले जानकारी दिनुभयो ।

कार्यविधि नै बनाएर द्वन्द्वपीडितको सहयोगलाई दीर्घकालिन बनाइरहेका मेयर थारुले पिकनिकस्थलमा शहीद र बेपत्ताको फोटो र नाम राख्ने वातावरण बनाइरहेका छन् । माओवादी जनमुक्ति सेनामा लागेर तीन पटक गोली लागेका मेयर थारुले द्वन्द्वपीडितलाई ६० लाख बढी छुट्याएर मासिक भत्ता, तालिम, आयआर्जनका लागि विविध कार्यक्रम गरिरहेका छन् । राजापुरमा एक सय ६ जना शहीद र बेपत्ता छन् ।


error: यो सुविधा उपलब्ध छैन !