चार किलाे सुनसहित दुई जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जमा चार किलाे सुनसहित दुई जना पक्राउ परेका छन् ।

नेपालगञ्जकाे न्यूराेडबाट प्रहरीले विराटनगरका रमेश साेनी र प्रकाश ठाकुरलाई चार किलाे ९ सय ७३ ग्राम सुनसहित पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार, साेनी र ठाकुरले विभिन्न गहना बनाएर ल्याएका थिए । बांके प्रहरीले घटनाबारे बिस्तृत जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ ।


error: यो सुविधा उपलब्ध छैन !