उद्योग व्यवसाय बन्द गरेर व्यापारी सडकमा आउने

नेपालगञ्ज – नेपालगञ्जका उद्योगी व्यवसायीले बिहीबार आधा दिन व्यापार व्यवसाय बन्द गरेर शोक सभा गर्ने भएका छन् ।

आत्महत्या गरेका व्यवसायी प्रेमप्रसाद आचार्यले उठान गरेका व्यवसायिक मुद्दामा समर्थन जनाउदै र सरकार र बैंकको नीतिका कारण व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको विरोधमा नेपालगञ्ज उद्योग बाणिज्य संघको आव्हानमा दिउँसो एक बजेसम्म उद्योग व्यवसाय बन्द गर्ने र एक बजे धम्बोझीचोकमा शोक सभा गर्ने संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिनुभयो ।

आत्महत्या गर्नु पूर्व आचार्यले उठान गरेको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योग व्यवसायीले भोगिरहेको बताउदै अध्यक्ष मन्सुरीले निजी क्षेत्रलाई प्रताडित बनाउने नीति सुधार गर्न सरकार आग्रह गर्नुभयो ।

नेपालगञ्जका व्यवसायीले सरकार र राष्ट्र बैंकको पछिल्लो नीतिप्रति निरन्दर आन्दोलन गर्दै आइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !