कोहलपुरमा पनि दादुराविरुद्धको खोप अभियान

नेपालगञ्ज – बाँकेको कोहलपुरमा पनि आजदेखि दादुराविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिकाका चार वटा वडाका ६ वटा खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ । कोहलपुरमा पहिलो दिन २, ११, १३ र १४ नम्बर वडामा खोप अभियान सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिकामा १५ वटा वडा रहेका छन् । कोहलपुरका चार वटा वडामा ६ जना संक्रमित फेला परेका छन् ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप अभियान सञ्चालनमा गरिएको छ । यी सबै पालिकामा करिव तीन सय जना संक्रमित फेला परेको सम्बद्धको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !