ठडियाे पुरानाे शालिक, नयाँ बन्ने


नेपालगन्ज – जेनजी आन्दाेलनका क्रममा ढालिएका नेताका शालिक ठडिएकाे छ ।
भदाै २४ गते वीपी, पुष्पलाल, गणेशमान र सहिद सेतु विककाे शालिक ताेडफाेड गरि ढालिएकाे थियाे । वीपी र पुष्पलालकाे अाधा ढलेकाे थियाे भने गणेशमान र सहिद सेतु विककाे ताेडफाेड भएकाे थियाे ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालयले ढलेका शालिक ठड्याएकाे छ । उसले केही दिनमा नयाँ शालिक बनाएर राख्ने बताएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमाेद रिजालले अाज ढलेका शालिक उठाएकाे र केही दिनमा नयाँ शालिक बनाएर राख्ने बताए ।
एमाले र कांग्रेसले अाफ्नाे नेताकाे अाफै शालिक बनाउन कस्सिएपछि उपमहानगरपालिकाले अाफै बनाइदिने भएकाे हाे ।
यही बेलामा राजावादीले वीरेन्द्रचाेकमा राजाकाे शालिक राख्न दबाब बढाएका छन् । दाेस्राे जनअान्दाेलनमा ताेडफाेड गरिएकाे वीरेन्द्रकाे शालिक अझै राखिएकाे छैन । शालिक राख्ने कुरामा विवाद रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !