चुनाव हुने वातावरण भए एमाले सहभागी हुन्छ – महासचिव पाेखरेल


नेपालगन्ज – नेकपा एमालेका महासचिव शंकर पाेखरेलले सरकारले चुनावकाे वातावरण बनाए चुनावमा सहभागी हुने बताएका छन् ।
नेकपा एमाले, बाँकेले अायाेजना गरेकाे जनप्रदर्शन तथा जनभेलामा बाेल्दै महासचिव पाेखरेलले वर्तमान सरकार चुनाव गराउने दिशामा अघि नबढेकाे बताए । ´याे सरकार चुनाव गराउने दिशामा अघि बढेकाे छैन । भन्छ एउटा, गर्छ अर्काे, महासचिव पाेखरेलले भने, सरकार साँच्चै चुनाव गराउन लागि परे हामी सहभागी हुन्छाै ।`
महासचिव पाखरेलले याे सरकारले भदाै २३ र २४ गतेकाे घटनाका दाेषीलाई कारबाही, प्रहरीबाट लुटिएकाे हतियार र भागेका कैदीबन्दीलाई पक्रिन सके चुनावकाे वातावरण बन्ने बताए । उनले कार्की सरकार षड्यन्त्रको मतियार भएकाे टिप्पणी गरे ।
पाेखरेलले भदाै २४ गतेकाे घटनामा विदेशी शक्ति, राजावादी, माअाेवादी, रास्वपाकाे साथसमर्थन, सहभागिता रहेकाे दावी गरे । उनले नाम नलिएर काठमाडाैका मेयरकाे पनि हात रहेकाे दाेहाेर्याए ।


महासचिव पाेखरेलले लाेकतन्त्रलाई सही दिशामा ल्याउन संसद पुनर्स्थापना हुनु पर्नेमा जाेड दिए । उनले यसका लागि लाेकतन्त्रवादी शक्तिहरु एकजुट हुनु पर्ने बताए ।
एमालेका पाेलिटब्यूराे सदस्य शान्ता चाैधरी, केन्द्रीय सदस्यहरु शान्ति ढकाल, सूर्य ढकाल, माे.हारुन, दिपा शर्मा, जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष रत्न खत्रीले राष्ट्रिय हितका सवालमा उभिदा एमालेमाथि चाैतर्फी हमला भएकाे बताए ।
जेनजी अान्दाेलनका क्रममा ताेडफाेड, अागजनी गरिएकाे पार्टी कार्यालय पुनर्निर्माण गरेर अाज महासचिवबाट उद्घाटन गरिएकाे छ । पार्टीका संगठित सदस्यबाट कम्ती दुई सय रुपैयाँ संकलन गरेर एमालेले पार्टी कार्यालय पुनर्निर्माण गरेकाे छ । याे अभियानमा २२ लाख जम्मा भएकाे छ । कार्यक्रम अघि नेपालगन्जमा प्रदर्शन गरिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !