नेपालगञ्जमा पाँच दिन गर्मी बिदा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले पाँच दिन गर्मी बिदा दिन विद्यालयहरुलाई निर्देशन जारी गरेको छ ।

उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले जारी गरेको सूचना अनुसार जेठ २७ देखि ३१ गतेसम्म गर्मी बिदा दिन भनिएको छ ।

उपसचिव थापाका अनुसार, केही दिनयता अत्यन्तै गर्मी बढेकाले विद्यालयको पठनपाठनमा प्रभाव परेकाले पाँच दिन विद्यालय बन्द गर्न भनिएको छ ।

पानी पर्न नसक्दा नेपालगञ्जमा अत्याधिक गर्मी भएको छ । दैनिक नै ४० डिग्री बढी तापक्रम रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !