स्वास्थ्य संस्था दर्ता तथा नविकरणको लागी सूचना

नेपालगन्ज –  स्वास्थ्य कार्यालय, बाँकेले जिल्लामा सञ्चालित स्वास्थ्य संस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित गरेको छ ।

पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक, फिजियोथेरापी सेवा दर्ता र नविकरण नभएको भएमा अब दर्ता तथा नविकरण गरि मात्र सञ्चालन गर्न भनिएकाे छ ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य संस्था सञ्चालन नविकरण, स्तरोन्नति ऐन २०७६ र नियमावली २०७७ /२०८० बमोजिम प्रदेश तथा संघमा दर्ता हुनुपर्ने १५ बेड भन्दा माथिका अस्पतालहरुको सिफारिस पनि स्वास्थ्य कार्यालयबाट हुने हुँदा मापदण्ड पुर्याइ संघ / प्रदेशमा सिफारिस गर्नुपर्ने भएमा सो सेवा लिन समेत कार्यालयका सूचना अधिकृत नरेश श्रेष्ठले सूचित गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !