स्कुल बसले ठक्कर दिदा वलीकाे मृत्यु


नेपालगन्ज – पूर्वपश्चिम राजमार्गअन्तर्गत बांकेकाे ढकेरी नजिक स्कुल बसले ठक्कर दिदा एक जनाकाे मृत्यु भएकाे छ ।
काेहलपुरकाे ज्ञानकुञ्ज स्कुलकाे बसले ढकेरी नजिक झिझिरी खाेला अगाडि २६ वर्षीय गाेविन्द वलीलाई ठक्कर दिएकाे हाे । बसकाे ठक्करबाट वलीकाे मृत्यु भएकाे छ । वलीलाई ठक्कर दिएपछि अनियन्त्रित भएकाे बसले ठक्कर दिदा अाधा दर्जनबढी बाख्रा मरेका छन् ।
बांके प्रहरीले घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !