राप्ती नदी बगरमा हेलिकोप्टर ल्याण्ड


नेपालगन्ज – अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर बाँकेको राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको छ ।
काठमाडौंबाट उडेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जादै थियो । खराब मौसमका कारण नदी बगरमा फोर्स ल्याण्ड गरेको हो । त्यसपछि त्यहाँबाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ । अहिले सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको छ ।
हेलिकोप्टरमा पाइलटसहित दुई जना छन् । दुई जना पर्यटकलाई बोकेर हेलिकोप्टर बैतडी जादै गरेको थियो । सशस्त्र प्रहरीका एसपी बिमल डाँगीले दुई जना यात्रुसहित रहेको हेलिकोप्टर आज सशस्त्र बेसक्याम्प मै रहने जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !