विमानस्थलबाट २४ लाखसहित भारतीय पक्राउ


नेपालगन्ज – बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, नेपालगन्जदेखि काठमाडौं जान थालेका भारत सीतापुर थाना कोतवाली उत्तरप्रदेशका ४४ वर्षीय प्रकाशनारायण गुप्तालाई प्रहरीले नेपालगन्ज विमानस्थलबाट रकमसहित पक्राउ गरेको हो ।
प्रहरीले अनुसन्धानका क्रममा अन्य चार जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजय मिश्रा, आशिष गुप्ता, पंकज जैसवाल र विमल गुप्ता रहेका छन् । प्रहरीले उनीहरुलाई हुण्डी कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !