वडा नम्बर ९ मा सरसफाई


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ शान्तिनगरको सामाजिक विकासमा स्थानीयहरु सक्रिय भएका छन् ।

त्यहाँका स्थानीयले शान्तिनगर टोल सुधार तथा सरसफाई अभियान गठन गरेर सामाजिक विकासमा आफ्नाे सक्रियता बढाएका हुन् ।

स्थानीयले अभियान अन्तर्गत मूलतः सरसफाईलाई मुख्य प्राथमिकतामा राखेर टोलको सामाजिक विकासमा समेत योगदान पुर्याउदै आएको स्थानीय देबेन्द्रराज न्यौपानेले बताउनुभयो ।

सोही अभियान अन्तर्गत प्रत्येक हप्ताको शनिबार र सार्वजनिक बिदाका दिन टोलको सरसफाई र सुधार सम्बन्धि अन्य गतिविधिमा युवा, महिला तथा जेष्ठ नागरिकको सहभागिता हुने गरेको छ ।

यसैक्रममा आज स्थानीय देबेन्द्रराज न्यौपानेको घरदेखि उदयपुर जाने चोकसम्म सरसफाई गरिएको छ । सरसफाईमा बाहिरी सानो नाला र सडकको फोहर व्यवस्था गर्ने गरिएको छ ।

अभियानका लागि वडा नंं ९ को कार्यालयले सरसफाईमा आवश्यक पर्ने सामग्री उपलव्ध गराउदै आएको बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !