मिलन र कोहलपुरको जितसँगै लिग चरणको समिकरण पुरा


कोहलपुर – मिलन युवा स्पोर्टस क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा जित हासिल गरेका छन् ।

आइतबार कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा भएको खेलमा मिलन युवा स्पोर्टस क्लबले कारकादो युवा स्पोर्टस क्लबलाई १–० ले हरायो । मिलनको जितमा दिक्षान्त गिरीले गोल गरेका थिए । उनले खेलमा प्लेयर अफ द म्याचको पुरस्कार जिते ।

अर्को खेलमा कोहलपुर रेसिङ सहारा क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ । नवदुर्गाको जितमा ईश्वर श्रेष्ठले २ गोल र विपिन सिंजाली मगरले १ गोल गरे । विपिनले ५ मिनेट र ४४औं मिनेटमा गोल गरेका थिए । विपिनले ३३औं मिनेटमा गोल गरे । खेलमा ईश्वर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
आइतबारको दुई खेल सँगै लिग चरणको खेल सकिएका छन् । अब मंगलबारदेखि नकआउट चरणको खेल सुरु हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार दुई सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा रोयल नेपालगन्ज एफसी र धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा कोहलपुर रेसिङ सहारा क्लब र न्यू डाँफे स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !